Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

आजको मौसम : देशभरका धेरै स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसम : देशभरका धेरै स्थानमा भारी वर्षाको सम्भावना

  • काठमाडौं । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सुदूर–पश्चिम प्रदेश, कर्णाली प्रदेश, वाग्मती प्रदेश र प्रदेश नं. १ का केही स्थानहरु र लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं. २ का थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै, सुदूर–पश्चिम प्रदेश, वाग्मती प्रदेश, प्रदेश नं. २ र प्रदेश नं. १ का एक/दुइ स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको पनि महाशाखाले बताएको छ ।

    images
    images
    images

    आज राति प्रदेश १ र प्रदेश २ लगायत देशका बाँकी पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली र अन्य भू–भागमा सामान्यतय सफा रहनेछ भने प्रदेश १ र प्रदेश २ लगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा कर्णाली प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।

    images

    हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ र भारतको उत्तरप्रदेश आसपासमा रहेको चक्रवात ताउ–ते थप कमजोर भई न्युनचापिय क्षेत्रका रुपमा रहेको जनाईएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij