Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

गोली प्रहारबाट २ जना घाइते, शंकास्पद ७ जना प्रहरीको नियन्त्रणमा

गोली प्रहारबाट २ जना घाइते, शंकास्पद ७ जना प्रहरीको नियन्त्रणमा

  • कपिलवस्तु । कपिलवस्तु नगरपालिका-३ सडवास्थित सडकमा अपरिचित व्यक्तिहरुको गोली प्रहारबाट कपिलवस्तु नगरपालिका-१ बस्ने ३४ वर्षीय दिपक पाण्डे र भारत सिदार्थनगर ग्राम चेतरी बजार बस्ने २६ वर्षीय ईयाज अख्तर मुसलमान बुधबार राति घाइते भएका छन् ।

    images
    images
    images

    लु.९ प ८५२१ नम्बरको मोटरसाइकलमा जर्लैया खोलाबाट तौलिहवातर्फ आउँदै गरेका उनीहरुलाई हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिहरुले गोली प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले घाइते ईयाजलाई उपचारका लागि लागि जिल्ला अस्पताल तौलिहवा र दिपकलाई भैरहवा मेडिकल कलेज पठाएको छ । घटनास्थलबाट १ थान खोका, १ राउण्ड लाईभ बुलेट र १ थान चप्पल प्रहरीले बरामद गरेको छ ।

    images

    उक्त घटनामा संलग्न रहेको अभियोगमा कपिलवस्तु नगरपालिका-१ नयाँ टोल बस्ने १९ वर्षीय राजेश नाउ सहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij