
Jun 27 2025 | २०८२, असार १३ गते
काठमाडौं । श्रीमतीको हत्या गरेर फरार भएका श्रीमान पक्राउ परेका छन् । बाराको जितपुर सिमरा उपमहानगरपालिका -३ का ५६ वर्षीय हरिबहादुर कार्की पक्राउ परेका हुन् ।
उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । सो नगरपालिकाको वडा नम्बर -२ मा लुकिछिपी बसिरहेको अवस्थामा कार्कीलाई पक्राउ गरिएको बारा प्रहरीले जानकारी दिएको छ । ४५ वर्षीया पार्वती कार्कीलाई उनले वैशाख ९ गते टाउकोमा इँटा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका कार्कीलाई कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिएको बारा प्रहरी प्रवक्ताले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij