
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । एनसेलले कोरोनाभाइरस रोग सम्बन्धी परामर्श दिन शुरु गरेको छ । एनसेलले कोभिड-१९ सम्बन्धी कुनै पनि जिज्ञासा भए चौबीसै घण्टा एनसेल कोभिड–१९ हटलाइन ९९८०५५५४५०००मा स्वास्थ्य परामर्शका लागि सम्पर्क गर्न सकिने जनाएको छ ।
धुलिखेल अस्पतालसँगको सहकार्यमा संचालित यस हटलाइन सेवाले देशभरी घरमै आइसोलेशनमा बसेका बिरामीलाई पनि दैनिक निःशुल्क स्वास्थ्य परामर्श प्रदान गर्नेछ । सो हटलाइन मार्फत चौबीसै घण्टा चिकित्सक तथा स्वास्थ्यकर्मीसँग निःशुल्क परामर्श लिन सकिने कम्पनीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij