
Jun 27 2025 | २०८२, असार १३ गते
एउटा अक्सिजन सिलिण्डरको ४१ हजारसम्म लिने गरेको खुलेको छ ।
ललितपुर । अक्सिजन कालोबजारीमा संलग्न देखिएका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पाटन अस्पताल नजिकबाट तीनजनालाई नियन्त्रणमा लिइएको बताइएको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरकी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यका अनुसार अक्सिजन सिलिण्डर कालोबजारी गरिरहेको भन्ने विशेष सूचना आएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले एउटा अक्सिजन सिलिण्डरको ४१ हजारसम्म लिने गरेको खुलेको छ । उनका अनुसार पक्राउ पर्नेमा रामशरण घिमिरे, नवराज खनाल र रामकृष्ण घिमिरे छन् ।
उनीहरुको थप अनुसन्धान भईरहको प्रहरी परिसर ललितपुरका वरिष्ठ उपरिक्षक तथा प्रवक्ता प्रज्वल महर्जनले अनलाइन पत्रिकालाई बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij