
Jun 27 2025 | २०८२, असार १३ गते
काठमाडौं - नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रतापपुर गाउँपालिका– ६ का २३ वर्षीय अविनाश राजभर रहेका छन् ।
भारत तर्फ जाँदै गरेका ३ युवकलाई प्रहरीले रोक्न खोजेको थियो । तर ठुलो संख्यामा आएका मानिसहरुले सशस्त्र प्रहरीमाथि ढुंगामुढा गरेपछि भीड नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको जनाइएको छ ।
गाली लागेर घाइते भएका ती युवकको उपचारको लागि सहिद स्मृति अस्पताल चौपत्ता लगिएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि बुटवल लैजाँने क्रममा बाटोमा युवकको मृत्यु भएको जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij