
Jun 27 2025 | २०८२, असार १३ गते
काठमाडौं । ईलाममा सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रोङ गाउँपालिका-१ जुरे बस्ने ३० वर्षीय तिलक बहादुर खड्कालाई मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
खड्काले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित ढुङगाना टी स्टेट चियाबारीमा लगि सोमवार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी आईतबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएके छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij