
Jun 27 2025 | २०८२, असार १३ गते
काठमाडौं । नवलपरासी दाउन्ने जङ्गल बर्दघाट सुस्ता पश्चिममा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको निधन भएकाहरुमध्ये ३ जनाको सनाखत भएको छ ।
ज्यान गुमाउने हरुमा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ बस्ने २७ वर्षीय कल्पना पुन र सिस्ने गाउँपालिका–४ बस्ने धनराज घर्ती र वर्ष २१का गोपाल ओलीको सनाखत भएको छ । अर्की मृतक महिलाको अझै पनि सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
बसमा अन्दाजी ५८ यात्रु रहेको र ती मध्ये ४९ घाइतेलाई घटनास्थलबाट उद्धार गरी स्थानीय चिसापानी अस्पताल र सञ्जिवनी अस्पतालमा पठाइएको प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । यस्तै,बसमा सवार पाँच जना सकुशल रहेका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट–४ स्थित दाउन्ने जङ्गलको खुर्सानी खोला नजिकै आज बिहान ६ बजे बस दुर्घटना भएको थियो ।
बस सडकबाट २०० मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । काठमाडौँको माछापोखरीबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बासुदेव नेपालले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij