काठमाडौं । कोभिड १९ को महामारी अवधिभर पोषणविद् तथा डाइटिसियन सङ्घले पोषण सम्बन्धी निःशुल्क परामर्श सेवा सञ्चालनमा ल्याएको छ । कोभिड १९ सङ्क्रमण भई घरमै आइसोलेसनमा बसिरहेकाहरूलाई यो परामर्श सेवा बढी लक्षित रहेको सङ्घले जनाएको छ ।
रोग विशेष अनुसारको पोषण सम्बन्धी विशेषज्ञता हासिल गरी विभिन्न अस्पताल र निकायमा पोषणविद् तथा डाइटिसियनको रूपमा कार्यरत विज्ञहरूले फोन मार्फत निःशुल्क परामर्श सेवा दिने छन् । यसका लागि पोषणविद् तथा डाइटिसियन सङ्घले विशेषज्ञहरूको नाम, उनीहरूको विज्ञता र फोन नम्बर सार्वजनिक गरेको छ । आफूलाई परेको समस्या अनुसार सोझै विज्ञ पोषणविद् र डाइटिसियनसंग परामर्श लिन सकिने छ ।