
Jun 27 2025 | २०८२, असार १३ गते
काठमाडौं । बारामा दुई बालकको शप फेला परेको छ । कलैया उपमहानगरपालिका-७ रंगपुर निवासी गफार मियाँका छोराहरु ९ वर्षीय उसमान अन्सारी र ७ वर्षीय अमिन अन्सारी रहेका छन् ।
उनीहरु मंगलबार बिहान घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेका हुन् । प्रहरीका अनुसार उनीहरुको शव निर्माणाधीन मदरसाको कोठाभित्र फेला परेको हो ।
त्यहाँका स्थानीयले दाजुभाईको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनीहरु सोमबार साझँदेखि वेपत्ता भएका थिए । यस घटनालाई लिएर प्रहरीले अहिले अनुसन्धान शुरु गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij