Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

बाबुको अन्त्येष्टि गर्दागर्दै छोराको पनि निधन

बाबुको अन्त्येष्टि गर्दागर्दै छोराको पनि निधन

  • काठमाडौं । दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दाहसंस्कार हुँदै थियो ।

    images
    images
    images

    उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा आइतबार मृत्यु भएका लक्ष्मणका बुबाको शव सोमबार गृहजिल्ला ल्याएर दाहसंस्कार गर्न थालिएको थियो । 

    images

    पत्रकार लक्ष्मण र उनका बुबा झण्डै २० दिनदेखि बिरामी  भएर भैरहवामा उपचाररत थिए । दुबैको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको थियो । त्यही क्रममा  बुबाको आइतबार मृत्यु भएको थियो । 

    सोमबार बुबाको दाहसंस्कार गर्दैगर्दा लक्ष्मणको पनि मृत्युको खबर आयो ।

    यद्यपि बुबाको मृत्युको खबर लक्ष्मणलाई भने दिइएको थिएन । आफूहरु बुबाको दाहसंस्कारका लागि घाटमा रहेकै बेला लक्ष्मणको पनि मृत्यु भएको खबर आएको  स्थानीय पत्रकार प्रेमबहादुर राम्जाले बताए । 

    images

    कोरोनाको मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरु अस्पताल भर्ना भएको तर परीक्षणमा भने रिपोर्ट नेगेटिभ देखिएको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्टमा छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij