
Jun 27 2025 | २०८२, असार १३ गते
झापा । झापा गाउँपालिका -२ झापा बजारबाट करिब ५ सय ३० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, २ थान डिजिटल तराजु, नगद ५९ हजार रुपैयाँ र २ थान मोबाइल सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २२ वर्षीय रोशन भुजेल, २१ वर्षीय साजन लिम्बु र ताप्लेजुङ सिरिजंङ्गा गाउँपालिका-१ बस्ने १९ वर्षीय प्रताप लिम्बु रहेका छन् । ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij