
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार १ सय ३५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कूल संक्रमितमध्ये ३ लाख २७ हजार ६५३ जना कोरोना संक्रमण मुक्त भएका छन् । त्यस्तै, ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ । त्यस्तै, सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ रहेको छ ।
२१ हजार ४७८ जनाको परीक्षण गर्दा पीसीआर परिक्षणबाट ८४६७ तथा एन्टीजेन परिक्षणबाट ५३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप २ सय ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij