
Jun 27 2025 | २०८२, असार १३ गते
नवलपरासी । देवचुली नगरपालिका-१० बस्ने ५१ वर्षीय कृष्ण प्रसाद सापकोटाको घरमा तास खेलिरहेको अवस्थामा कृष्ण प्रसाद समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा तास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २९ हजार ७ सय ६० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij