
Jun 27 2025 | २०८२, असार १३ गते
चितवन । जिल्लामा निषेधाज्ञा लागू भएपछि ११ उद्धार उडान भएका छन् । वैशाख २४ गतेदेखि हालसम्म ११ वडा उडान भएका हुन् । यी सबै हेलिकोप्टरमार्फत भएका हुन् ।
नागरिक उड्डयन कार्यालय भरतपुरका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार बिहीवार मात्रै तीनवटा उडान भएका छन् । यी सबै उडानमा विभिन्न जिल्लाबाट कोरोना संक्रमितलाई उपचारका लागि जिल्लामा ल्याइएको हो ।
शर्माका अनुसार आज दाङको घोराई, गुल्मी र नेपालगञ्जबाट तीनवटा उद्धार उडान भएका छन् । यस्तै बुधवार गुल्मी, धनगढी र एउटा नेपाली सेनाको उद्धार उडान भएको थियो । यही वैशाख २८ गते काठमाडौं र दाङ, वैशाख २७ गते काठमाडौं र गुल्मीको तम्घास तथा २५ गते काठमाडौंबाट उद्धार उडान भएको शर्माले जानकारी दिए। जिल्लामा वैशाख १६ गते रातिदेखि निषेधाज्ञा जारी गरिएको छ । यही वैशाख २० गतेसम्म आन्तरिक हवाई उडान भएका थिए ।
कार्यालयका अनुसार वैशाख २५ गतेदेखि उद्धार उडान हुँदै आएको छ । सिम्रिक एयर, प्रभु हेलिकोप्टर, श्री एयर, अल्टिच्युड एयर, कैलाश एयर र नेपाली सेनाको हेलिकोप्टरले उद्धार उडान गरेका हुन् । काठमाडौँलगायत मुख्य शहरी क्षेत्रमा सङ्क्रमितको उपचारका लागि श्यया खाली नभएपछि एम्बुलेन्स र हेलिकोप्टरबाट यहाँ सङ्क्रमित ल्याउने गरिएको छ । बाहिरी जिल्लाबाट ल्याइने संक्रमितmाई अधिकांश चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचारका लागि पुगाउने गरिन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij