
Jun 27 2025 | २०८२, असार १३ गते
काठमाडौं । आज दिउँसो देशका पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली भइ बांकी भु–भागहरूमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै, राति देशका प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकि भू–भागहरुमा आंशिक बदली रहेने तथा प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण–पूर्व भू–भाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्युन चापीय रेखाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij