
Jun 28 2025 | २०८२, असार १४ गते
सर्लाही । आफ्नै श्रीमती ३२ वर्षीया उशादेबी कर्णको हत्या गरेको अभियोगमा हरिवन नगरपालिका-११ डेरा गरी बस्ने लालबन्दी नगरपालिका-२ नवलपुर पुनर्बास घर भएका ३५ वर्षीय बिजयलाल कर्णलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
घरायसी बिबाद हुँदा बिजयलालले सिलौटोले टाउँकोमा प्रहार गर्दा उशादेबीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij