काठमाडौं । नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । कोरोना संक्रमण फैलिन नदिन आठ जिल्लाबाहेक सबै जिल्लामा निषेधाज्ञा लागू भएको छ । गृह मन्त्रालयका अनुसार आठ जिल्लाबाहेक देशभरका सबै जिल्लामा निषेधाज्ञा लगाइएको छ ।
मनाङ, मुस्ताङ, तेह्रथुम, खोटाङ, भोजपुर, पाँचथर, लमजुङ र रुकुम पूर्वमा मात्र निषेधाज्ञा लागू भएको छैन । मन्त्रालयका अनुसार हालसम्म देशभरका विभिन्न जिल्लामा पूर्ण र आंशिक निषेधाज्ञा लगाइएको छ ।
नेपालमा हालसम्म २६ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने १९ जिल्लामा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।