Logo

Jun 28 2025 | २०८२, असार १४ गते

Jun 28 2025 | २०८२, असार १४ गते

काठमाण्डाै उपत्यकालगायत धेरै ठाउँमा मेघ गर्जनसहित वर्षा, भोलि र पर्सि ठूलो पानी पर्ने

काठमाण्डाै उपत्यकालगायत धेरै ठाउँमा मेघ गर्जनसहित वर्षा, भोलि र पर्सि ठूलो पानी पर्ने

  • काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ । पहाडी क्षेत्रका धेरै ठाउँमा आज बिहानैदेखि मेघ गर्जनसहित पानी परेको मौसमविद्ले बताएका छन् ।

    images
    images
    images

    वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा बिहानैदेखि पानी परेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए । काठमाण्डौ, मकवानपुर, नुवाकोट, तनहुँ, लमजुङ, कास्की, चितवनलगायतका क्षेत्रमा मघ गर्जनसहित पानी परिरहेको छ । आज तराईका जिल्लामा पनि पानी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताए । उहाँका अनुसार देशभरिकै मौसम बद्ली भएको छ ।

    images

    प्रि मनसुनसँगै पश्चिमी वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव परेकाले देशभरको मौसम बद्ली भइ केही ठाउँमा पानी परिरहेको हो । पानी पार्ने प्रणाली बन्दै फेरि सर्ने भएकाले एकै ठाउँमा लगातार पानी भने पर्ने छैन । आज राति पनि केही क्षेत्रमा चट्याङसहित पानी पर्ने अनुमान छ ।

    यस्तै, भोलि र पर्सि भने देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij