
Jun 28 2025 | २०८२, असार १४ गते
काठमाडौं । स्वास्थ्य मन्त्रालयको सिफारिस विना कुनैपनि सरकारी, सामुदायिक तथा निजी अस्पताललाई अक्सिजन सिलिण्डर बिक्री नगर्न आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रले अक्सिजन उत्पादन कम्पनीलाई यस्तो आग्रह गरेको हो ।
केन्द्रका प्रमुख गुणराज लोहनीले अक्सिजन उद्योगलाई पत्र लेख्दै मन्त्रालयको अनुमतिविना अक्सिजन बिक्री गरेको पाइए कारबाही हुने चेतावनी दिएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij