Logo

Jun 28 2025 | २०८२, असार १४ गते

Jun 28 2025 | २०८२, असार १४ गते

भक्तपुरमा अक्सिजन नपाएर दुई जना कोरोना संक्रमितको मृत्यु

भक्तपुरमा अक्सिजन नपाएर दुई जना कोरोना संक्रमितको मृत्यु

  • काठमाडौं । अस्पतालले अक्सिजनको व्यवस्था गर्न नसक्दा एकैसाथ दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भक्तपुर कौशलटारस्थित भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा उपचारका लागि भर्ना भएका दुई कोरोना सङ्क्रमितको अस्पतालमा अक्सिजन सकिएपछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।

    images
    images
    images

    भक्तपुरका अस्पतालहरुमा अक्सिजनको अभाव भइरहेको उनको भनाइ थियो । उनले उक्त अस्पतालले भर्ना भएका बिरामीलाई अक्सिजन सकिन लागेकाले अन्यत्र लैजान बिरामीका परिवारलाई भनेपछि अस्पताल खोज्दाखोज्दै मृत्यु भएको उनले जानकारी दिए ।

    images

    एकदमै गम्भीर अवस्थामा रहेका बिरामीलाई अस्पतालमा पर्याप्त अक्सिजनको व्यवस्था नगरी उपचार गर्दा बिरामीको ज्यान गएको मृतकका परिवारले बताएका छन् । रासस 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij