
Jun 28 2025 | २०८२, असार १४ गते
ललितपुर । ‘फ्रन्टलाइन’मा काम गर्नेमध्येमा पर्छन् पत्रकार। विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड-१९ बाट ‘फ्रन्टलाइन’मा खटिएर सत्य, तथ्य, निष्पक्ष सूचना, समाचार सम्प्रेषण गरिरहेका पत्रकारहरु पनि अछुतो भने रहेन । जोखिमपूर्ण भूमिकामा काम गरिरहेका पत्रकारहरुमा महामारी बढ्दै जाँदा संक्रमित हुने क्रम पनि बढ्दै गएको छ।
पत्रकारहरुले केही समयको लागि सूचना संकलन गर्ने शैली परिवर्तन गर्नुपर्ने देखिन्छ । हालको समयमा मोबाइल, इन्टरनेटको माध्यमबाट समाचार,सूचना संकलनलाई प्राथमिकता दिनु नै उत्तम हुन्छ । पत्रिका र रेडियोलाई त हुन्छ, टेलिभिजनलाई भिडियो वा दृश्य नै चाहिन्छ त्यसको लागी फिल्डमा नै पुग्नुपर्छ । तर भाइरसले तपाई दृश्य वा भिडियोकर्मी हो भनेर चिन्दैन । फेरी कतिपय अवस्थामा पुरानै भिडियोलाई प्रयोग गर्न मिल्छ । बाइटहरुलाई पनि फोन रेकर्ड र फोटोको प्रयोग गरेर टेलिभिजनमा प्रशारण गर्न सकिन्छ । त्यसको लागि फिल्डमा हुने अन्य पेशाकर्मी तथा सर्वसाधारणबाट सूचना प्राप्त गर्न सकिन्छ । यदि हामी थाहै नपाई कोरोना संवाहक भइदियौं भने हामी रिपोर्टिङ गर्न पुगेका ठाउँमा वृद्ध, बिरामीहरु हाम्रै कारणले संक्रमित हुन सक्छन् । त्यसैले आफू पनि बचौं, अरुलाई पनि बचाऔं ।
हाल सम्म ४१ जिल्लामा पूर्ण र १५ जिल्लामा आंशिक निषेधाज्ञा जारी गरेको छ । निशेधाज्ञा जारी रहेपनि कोरोनाले नयाँ रेकर्ड कायम राख्दै नेपालमा संक्रमित र मृतकको संख्या दिनानुदिन बढिरहेको छ ।
कति छन् काठमाडौं उपत्यकामा कोरोना संक्रमित संचारकर्मी ?
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij