
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डिसिभिर कालोबजारी गर्ने एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । ६पिस रेम्डिसिभर १ लाख २० हजारमा बेच्दै गरेको अवस्थामा रसिक मियाँलाई महाराजगन्जबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताए । पक्राउ परेका मियाले आफूलाई त्रिवि शिक्षण अस्पताल अगाडिको सेवक फर्माका सञ्चालक दीपक ढकालले रेम्डिसिभिर बेच्न लगाएको प्रहरीसँगको बयानमा बताएका छन् ।
मियाँलाई अहिले अपराध महाशाखामा राखिएको र थप अनुसन्धान भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij