
Jun 28 2025 | २०८२, असार १४ गते
काठमाडौं । आज देशमा पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भूभाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जल वाष्प युक्त हावाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशको कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ मा सामान्य बदली रहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा देखि आंशिक बदली रहेको छ।
यस्तै गण्डकी प्रदेश र प्रदेश नं १ का केही स्थानहरुमा साथै बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित वर्षा भइरहेको छ। भने आज दिउँसो देशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।
दिउँसो देशका केही स्थानमा भने मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित हल्कादेखि मध्यम वर्षा र गण्डकी प्रदेश, प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै, राति देशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ।
त्यस्तै, देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij