
Jun 28 2025 | २०८२, असार १४ गते
काठमाडौं । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका पुतलीसडक बस्ने दोलखा भिमेश्वर नगरपालिका-९ घर भएका २९ वर्षीय शम्भु लामालाई मंगलवार बिहान प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका-११ सुन्धारास्थित ढोरपाटन होटलमा ललाई फकाई ती बालिकालाई लामाले लगेर २ दिनसम्म राखी पटक-पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij