Logo

Jun 28 2025 | २०८२, असार १४ गते

Jun 28 2025 | २०८२, असार १४ गते

निषेधाज्ञामा सवारी चाप घटेन, पूर्ण रोक लगाउने तयारी

निषेधाज्ञामा सवारी चाप घटेन, पूर्ण रोक लगाउने तयारी

  • काठमाडौँ । निषेधाज्ञामा पनि काठमाडौँ उपत्यकाको विभिन्न सडक चोक तथा सुरक्षा चेकजाँच स्थलमा ट्राफिक जाम’ देख्दा स्वयं सुरक्षाकर्मीहरू नै आश्चर्यमा परेका छन् । कोभिड–१९ महामारीको सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि निषेधाज्ञा जारी भएको सोमबार पाँचौँ दिन हो । आइतबारबाट निषेधाज्ञा थप कडाइको निर्णय भए पनि सडकमा सवारीसाधनको चाप ह्वात्तै बढेको छ । 

    images
    images
    images


    अत्यावश्यक कामका लागि सवारी पास लिएका भन्दा आफूखुसी सवारीसाधन चलाउनेको सङ्ख्या बढेको जानकारी महानगरीय ट्राफिक  प्रहरी महाशाखाले दिएको  छ ।

    images

    निषेधाज्ञा उल्लङ्घन गर्ने सवारी कारबाहीको  सङ्ख्या करिब दुई हजार पुगेको छ । काठमाडौँ  उपत्यकाको  चाबहिल, कोटेश्वर, बल्खु, बानेश्वर, भद्रकाली, न्युरोड गेट, केशरमहल र  कलङ्कीलगायतका क्षेत्रमा  बिहानको  समयमा ट्राफिक  जाम  हुने  गरेको  छ । जामका  कारण सुरक्षाकर्मीलाई  समेत  अत्यावश्यक  सवारीसाधन हो वा होइन, पहिचान गर्न समस्या देखिएको छ ।

    यसैबीच काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद  पराजुलीले निषेधाज्ञामा अत्यावश्यकबाहेकका अन्य सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाउने विषयमा छलफल भइरहेको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij