
Jun 28 2025 | २०८२, असार १४ गते
काठमाडौं । काठमाडौं महानगरपालिका-१८ डल्लुबाट नियन्त्रित लागूऔषध ६३ एम्पुल नुर्फिन, ५८ एम्पुल डाइजेपाम र ६५ एम्पुल फेनारगन सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बैतडी डिलासैनी गाउँपालिका-३ स्थायी ठेगाना भएका २८ वर्षीय प्रेम राम ओड र दार्चुला महाकाली नगरपालिका-९ स्थायी ठेगाना भएका २७ वर्षीय नरेन्द्र सिंह नगारी रहेका छन् ।
बा.३२ प ३०५७ नम्बरको मोटरसाइकललाई लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार उनीहरूलाई झोलामा लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरू उपर लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको उक्त ब्यूरोले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij