
Jun 28 2025 | २०८२, असार १४ गते
काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण आज वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर आंशिक देखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही स्थानमा र तराईका एक–दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन,चट्याङ्ग,हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।
पश्चिमी वायु र स्थानीय वायुको प्रभावले गर्दा आंशिक देखि सामान्य बदली रही लुम्बिनी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का बर्षा हुने मौसम रहेको महाशाखाले बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij