काठमाडौं । प्रहरीलाई कुटेको अभियोगमा ३ जना युवाहरु पक्राउमा परेका छन् । प्रहरीलाई हातपात गरेको अभियोगमा ललितपुर बस्दै आएका रिकेश पहरी लगायत ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरी होहल्ला गर्दै झगडा गरिरहेका युवाहरुले प्रहरीलाई हातपात गरेको बताइएको छ ।