Logo

Jun 28 2025 | २०८२, असार १४ गते

Jun 28 2025 | २०८२, असार १४ गते

सिसडोलबासीको अवरोध : ६ दिनदेखि उपत्यकाको फोहोर उठ्न सकेन

सिसडोलबासीको अवरोध : ६ दिनदेखि उपत्यकाको फोहोर उठ्न सकेन

  • काठमाडौं । स्थानीयबासीले अवरोध गरेपछि काठमाडौं उपत्यकाको फोहोर ६ दिनदेखि व्यवस्थापन हुन सेकेको छैन । विगत १३ वर्षदेखि उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइटका बासिन्दाले विभिन्न माग राखी अवरोध गरेपछि उपत्यकाको फोहोर उठ्न नसकेको हो । सिसडोलका स्थानीयबासीले यही चैत १३ गतेदेखि उपत्यकाको फोहोर लान अवरोध गरेका छन् । फोहोरमैला प्रभावित क्षेत्रका शिक्षक व्यवस्थापन सङ्घर्ष समितिले प्रभावित क्षेत्रका विद्यालयमा ५१ वटा शिक्षक दरबन्दी थप गर्नुपर्ने र प्रभावित सबै विद्यार्थीका लागि माध्यमिक तहसम्मको शिक्षा निशुल्क गर्नुपर्ने जस्ता माग राखेर अवरोध गरेका हुन् । यस विषयमा काठमाडौं महानगरपालिकाले छलफल गरिहेको छ । ५१ जना शिक्षकको माग गरिएकामा २० जना शिक्षकको दरबन्दी दिने निर्णय कामपाले गरिसकेको छ । कामपा वातावरण विभागमा प्रमुख हरिकुमार श्रेष्ठका अनुसार फोेहोर व्यवस्थापन कार्य सबैको साझा समस्या भएकाले यसमा सहयोग गरिदिन प्रभावित क्षेत्र सिसडोलका बासिन्दासँग आग्रह गरेका छन् ।

    images
    images
    images

    विभागका प्रमुख हरिकुमार श्रेष्ठले भने, “स्थानीय बासिन्दाको माग सम्बन्धमा कामपा, नेपाल सरकार, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयसँग समन्वय गरी छलफल अघि बढाइसकेकाले माग पूरा हुने सकारात्मक अपेक्षा छ ।”

    images

    अहिले साइटमा फोहोर लैजानसक्ने अवस्था नरहेकाले घर, पसल, उद्योग, कलकारखाना, व्यवसाय तथा कार्यालयका उत्पादकलाई स्रोतमै फोहोर वर्गीकरण गर्न विभागले अनुरोध गरेको छ । नकुहिनेलाई घरमै व्यवस्थापन गर्न र कुहिने फोहोरलाई संकलन गर्ने गाडी आएपछि पठाउन कामपाले आग्रह गरेको छ ।

    काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहोर विगत १३ वर्षदेखि नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइटमा विसर्जन गरिँदै आएको छ । शुरुमा दुई वर्षका लागि भने पनि १३ वर्षसम्म निरन्तर फोेहोर व्यवस्थापन गर्दा विभिन्न किसिमको समस्या आएको भन्दैै स्थानीयबासीले अन्यत्र विकल्प खोज्नका लागि अवरोध गर्दै आएका छन् ।

    उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिक टन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । सबैभन्दा बढी कामपाबाट ५०० मेट्रिक टन फोहोर लगिने गरिएको छ ।

    images

    हरेक दिन उपत्यकाबाट निजी र कामपाको गरी २०० गाडी फोहोर लगिने गरिएको छ । दीर्घकालीन ल्यान्डफिल निर्माणका लागि सिसडोलभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा एक हजार ७०० रोपनी जग्गा अधिग्रहण गरिसकेको भए पनि निर्माणको काम सम्पन्न भएको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij