
Jun 28 2025 | २०८२, असार १४ गते
काठमाडौं । काठमाडौंको डल्लुमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१५ डल्लु बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका-८ घर भएका २३ वर्षीय ओम पहरीलाई मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१५ हलचोकस्थित मेहरगेष्ट हाउसमा ओमले ती किशोरीलाई विभिन्न प्रलोभनमा पारी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्तबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij