Logo

Jun 28 2025 | २०८२, असार १४ गते

Jun 28 2025 | २०८२, असार १४ गते

बैतडीको सिगासमा भेटिएको फलाम खानीको उत्खनन सुरू

बैतडीको सिगासमा भेटिएको फलाम खानीको उत्खनन सुरू

  • काठमाडौं । बैतडीको सिगासमा गाउँपालिकामा भेटिएको फलाम खानीको उत्खनन सुरू गरिएको छ। गाउँपालिका –१ को सुगरखाल भन्ने स्थानमा फलाम खानी भेटिएको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए। यही चैत ८ गतेबाट फलाम खानीमा उत्खननको काम भइरहेको छ ।
    उनले भने,‘उक्त ठाउँमा खानीको सम्भावना देखेर भूगर्भ विभागले अध्ययन गरेको थियो, अध्ययनपश्चात सो ठाउँमा फलाम खानी रहेको देखिएकोले उत्खनन सुरू गरिएको छ।’

    images
    images
    images

    सो फलाम खानीमा सुभम मिनिरल्स प्राइभेट कम्पनी तथा चीनको संयुक्त साझेदारीमा फलाम उत्खननको काम भइरहेको उनले बताए। सुभम मिनिरल्सले परीक्षणकालमा मात्रै करिब ८० प्रतिशत ढुंगामा फलाम भेटिएको दाबी गरेको छ। फलाम उत्खननका लागि वडा र गाउँपालिकाबाट सिफारिस दिएर काम सुरू भइसकेको  हो। उनले भने,‘चीनका विज्ञ टोली आएर खानी उत्खनन सुरू भएको छ।’ फलाम खानीमा फलाम भेटिएको खबर आएको र केही दिनभित्र विद्युत् विस्तारको तयारी समेत भइरहेको अध्यक्ष धामीले जानकारी दिए।

    images

    फलाम खानी भेटिएसँगै सो ठाउँमा स्थानीयबासीले रोजगारी पाउने अपेक्षा गरिएको छ। उनले भने,‘खानी भेटिएसँगै यहाँका स्थानीयबासीले रोजगारी पाउने सम्भावना पनि छ।’ खानी भेटिएको स्थानमा ३३ केभी विद्युत् प्रसारण लाइन पुर्‍याउने लगायतका काम पनि भइरहेका छन्।
    यसका साथै सडक स्तरोन्नति पनि गरिने जनाइएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij