
Jun 28 2025 | २०८२, असार १४ गते
काठमाडौं । डियो नेपाल स्थापनाको ७१ औं वार्षिकोत्सवका अवसरमा राष्ट्रव्यापी खुला आधुनिक संगीत प्रतियोगिता बुधवार शुरू भएको छ । प्रतियोगिताको शुभारम्भ गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष हरिप्रसाद बस्यालले नेपालको कला र संस्कृतिको जगेर्ना गर्न रेडियो नेपालले पुर्याउँदै आएको योगदान स्मरणीय रहेको उल्लेख गरे ।
उनले रेडियो नेपालले विभिन्न भाषालाई समेट्दै राष्ट्रिय एकताको श्रीवृद्धिमा समाचार, गीत, संगीत एवं मनोरञ्जनका माध्यमबाट टेवा पुर्याउँदै आएको बताए । संस्थाका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालले २०२२ सालदेखि यस्ता प्रतियोगिताका माध्यमबाट श्रोताका रुचि र माग अनुसारका गीतसंगीत प्रस्तुत गर्दै आएको बताए । प्रतियोगितामा ३१ वटा गीतसंगीत प्रस्तुत गरिने छ । रेडियो नेपालको वार्षिकोत्सव चैत २० गते हुँदैछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij