Logo

Jun 28 2025 | २०८२, असार १४ गते

Jun 28 2025 | २०८२, असार १४ गते

नेकपा एमालेले ३१औँ ‘पाटनमुक्त क्षेत्र’ दिवस मनाए

नेकपा एमालेले ३१औँ ‘पाटनमुक्त क्षेत्र’ दिवस मनाए

  • काठमाडौं । बाग्डोलमा आयोजित कार्यक्रममा एमाले ललितपुरले पाटनलाई तत्कालीन शासकबाट मुक्त गरिएको दिनको सम्झनामा हरेक वर्ष मनाउँदै आएको मुक्त क्षेत्र दिवस तथा सहिद सम्मान कार्यक्रम यस वर्ष पनि मनाएको हो । कार्यक्रममा शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ,ललितपुर–१ का सांसद नवराज सिलवाल लगायतको उपस्थिति थिए । 

    images
    images
    images

    एमाले ललितपुरका अध्यक्ष हरिकृष्ण व्यन्जनकारको सभापतित्वमा सम्पन्न सो कार्यक्रमलाई मन्त्री श्रेष्ठले सम्बोधन गर्नुभएको थियो। सम्बोधनका क्रममा उहाँले वर्तमान राजनीतिका विषयमा प्रश्न उठाउँदै नेताहरुमाथि कटाक्ष गर्नुभएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले बरिष्ठ नेता माधवकुमार नेपालमाथि उहाँले कटाक्ष गर्नुभएको हो । प्रचण्डतर्फ संकेत गर्दै मन्त्री श्रेष्ठले प्रधानमन्त्री बन्न मन भए जनतामा गएर बहुमत ल्याउन चुनौती दिनुभयो । त्यस्तै, पार्टी अध्यक्ष बन्न नेता नेपालले चाहना गरेको भन्दै महाधिवेशनमा गएर बहुमत जुटाउन सुझाव दिनुभयो । मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली बहुमतप्राप्त प्रधानमन्त्री भएकाले कसैले हटाउन नसक्ने चेतावनी दिनुभयो। 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij