Logo

Jun 28 2025 | २०८२, असार १४ गते

Jun 28 2025 | २०८२, असार १४ गते

बेपत्ता ७ जना किशोरी भारतको सीतामणिमा फेला, परिवारलाई जिम्मा लगाउने तयारी

बेपत्ता ७ जना किशोरी भारतको सीतामणिमा फेला, परिवारलाई जिम्मा लगाउने तयारी

  • काठमाडौं । घाँस काट्न जाँदा बेपत्ता भएका महोत्तरीका ७ जना किशोरी भारतको सीतामणिमा फेला परेका छन् । बेपत्ता ७ जना किशोरीहरु भारतको सीतामणिमा भेटिएको र परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । हिजो (मंगलवार) दिउँसो घाँस गएका महोत्तरी भंगहा नगरपालिका वडा नम्वर ८ का एकै टोलका ती किशोरीहरु बेपत्ता भएका थिए । १८ वर्षीया अस्मिता पासवान, नगिना पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासवान, १३ वर्षीया ज्योति पासवान, १० वर्षीया रञ्जना पासवान, सीमा पासवान भारतको सीतामणिबाट सम्पर्कमा आएका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । उनीहरु मंगलवार दिउँसो करिब २ बजेतिर घरबाट निस्किएका थिए । रातिसम्म घर नफर्किएपछि उनीहरुका परिवारले प्रहरीमा समेत खबर गरेका थिए । ‘उनीहरु सम्पर्कमा आइसकेका छन् । परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको छ ।’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रजोस घिमिरेले बताए । घटना के कसरी भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

    images
    images
    images

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij