बागलुङ । बानपा–२ लोकतान्त्रिक चोकको नजिकै रहेको ग्रील एण्ड चिलमा अचानक आगलागी भएको छ। रेष्टुरेन्टमा लागेको आगो केहीबेरमै बागलुङ नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सक्रियतामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए।