
Jun 28 2025 | २०८२, असार १४ गते
काठमाडौं । रुसमा बसेर नेपाली भाषा–साहित्यलाई योगदान लिँदै आएका कृष्णप्रकाश श्रेष्ठको सोमवार रुसको राजधानी मस्कोमा निधन भएको छ । जगदम्बा पुरस्कार विजेता श्रेष्ठको ८३ वर्षको उमेरमा रुसको राजधानी मस्कोमा निधन भएको हो । लामो समयदेखि रुसमा बस्दै आएका श्रेष्ठले रुसमा नेपाल विद्या केन्द्र सञ्चालन गर्दै आएका थिए । उनले केन्द्रमार्फत रुसी–नेपाली भाषामा अनुवाद आदानप्रदान गराएर भाषा–साहित्यमा योगदान पुर्याएका थिए । नेपाली भाषाको सिर्जना, अनुसन्धान तथा प्रचारप्रसारमा संलग्न भएर श्रेष्ठ आधा शताब्दीयता नेपाली वाङ्मयको प्रचार र प्रवद्र्धनमा संलग्न थिए । उनलाई २०५९ सालमा प्रतिष्ठित जगदम्बा पुरस्कार प्रदान गरिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij