Logo

Jun 28 2025 | २०८२, असार १४ गते

Jun 28 2025 | २०८२, असार १४ गते

बैतडीमा जीप दुर्घटना : ३ जना घाइते,चालक फरार

बैतडीमा जीप दुर्घटना : ३ जना घाइते,चालक फरार

  • बैतडी । बैतडीको महाकाली राजमार्गमा जीप दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। कैलालीको अत्तरियाबाट दार्चुला जाँदै गरेको भे १ च ३५११ नम्बरको जीप महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ सिल्लेगडा बजार नजिकै मंगलबार बिहान करिब ६ बजे दुर्घटना भएको हो। दुर्घटनामा परी जिपधनी दार्चुलाको अपिहिमाल वडा नम्बर ५ का जनकसिंह धामी, दलवीर धामी र महादेव धामी रहेका छन्। घाइतेहरुको अवस्था सामान्य रहेको खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले जानकारी दिए।

    images
    images
    images

    फलफूल बोकेको जीप सडक छेउमै पल्टेको र रुखको आडले रोकिँदा क्षति हुन नपाएको प्रहरीले जनाएको छ। जीप चालक दार्चुलाको अपिहिमाल ५ का वीरेन्द्र धामी फरार छन्। उनको खोजी भइरहेको प्रहरीले बताइएको छ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij