Logo

Jun 28 2025 | २०८२, असार १४ गते

Jun 28 2025 | २०८२, असार १४ गते

१३ वर्षीया बालिका बलात्कृत,एक पक्राउ

१३ वर्षीया बालिका बलात्कृत,एक पक्राउ

  • काठमाडौं । धनुषामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मिथिला बिहारी नगरपालिका-२ पुरनदाहा बस्ने ४२ वर्षीय सत्यनारायण यादवलाई आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको हो । सत्यनारायणले ती बालिकालाई शनिवार दिउँसो ललाई फकाई बालिकाको घर नजिक आँप बगैंचामा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij