
Jun 28 2025 | २०८२, असार १४ गते
काठमाडौं । होली खेल्ने क्रममा डेरीमा राखेको एसिड छ्याप्दा तीन जना घाइते भएका छन् । शंखरापुर नगरपालिका-१ मा एसिड छ्यापिएपछि १६ वर्षीया किशोरी र ११ र ९ वर्षका बालक घाइते भएका हुन् । अनुहार र हातमा एसिड परेका उनीहरुको सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी प्रमेश विष्टले बताए । किशोरीको अनुहारमा र दुबै बालकको हातमा एसिड परेको छ । अहिले उनीहरुको उपचार भइरहेको छ । डीएसपी विष्टले बताए । घटनामा संलग्न भएको आरोपमा प्रहरीले १७ वर्षका पवन पहाडी र १८ वर्षका आकास तामाङलाई पक्राउ गरेको छ ।
डेरीमा दुधको फ्याट नाप्न प्रयोग हुने एसिड ग्यालिनमा थियो । होली खेल्दै डेरीमा पुगेका युवाहरुले पानी भनेर ग्यालिनमा भएको एसिड छ्यापेको प्रहरीले बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij