Logo

Jun 28 2025 | २०८२, असार १४ गते

Jun 28 2025 | २०८२, असार १४ गते

विद्यार्थीलाई जबरजस्ती गर्न खोज्ने शिक्षक पक्राउ

विद्यार्थीलाई जबरजस्ती गर्न खोज्ने शिक्षक पक्राउ

  • बझाङ । विद्यार्थीमाथि जबरजस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–६ नौरामा रहेको भवानी माविमा कार्यरत ३१ वर्षीय शिक्षक  जगत सिंंह रहेका छन् । सिंहले कक्षा ९ मा अध्ययन गर्दै गरेकी गाउँकै १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेका थिए । पीडित पक्षले दिएको उजुरीका आधारमा शिक्षक सिंहलाई आइतवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । चैत १४ गते एक्लै पानी भर्न धारामा गएको मौका छोपी ग्वानी भन्ने ठाउँमा बालिकालाई जबरजस्ती करणी गर्न खोजेको पीडित बालिकाका आफन्तले बताएका छन् ।

    images
    images
    images

    पक्राउ परेका शिक्षकलाई प्रहरी हिरासतमा राखेर घटनाका बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij