Logo

Jun 28 2025 | २०८२, असार १४ गते

Jun 28 2025 | २०८२, असार १४ गते

नगरप्रमुखका दुईवटा डोजरमा आगजनी

नगरप्रमुखका दुईवटा डोजरमा आगजनी

  • डोल्पा । ठुलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीका दुईवटा डोजरमा आगजनी भएको छ । नगरपालिकाको केन्द्र जुफालबाट वडा नं ५ र ६ जोड्ने सडक खन्ने क्रममा जुफाल र लहाराको बीचको जङ्गलमा भे१क ४६३६ र भे१क १२९४ नंका दुईवटै डोजरमाथि अज्ञात समूहद्धारा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिनुभएको छ । घटना विषयमा स्थानीयवासीसँग बुझ्दा शनिवार साँझ ७ः३० बजेसम्म सकुसल भएको र विहानमात्रै आगजनी भएको पाइएको डाँगीको भनाइ छ । घटना कसले कसरी घटायो अझै पत्ता नलागेको भन्दै उनले आफ्नो नेतृत्वमा प्रहरी घटनास्थलमा पुगिसकेकाले अनुसन्धान शुरु गरिएको बताए।

    images
    images
    images

    आगजनीबाट दुईवटै डोजर पूर्णरूपमा क्षति भएको छ । आगजनी भएका दुईवटै डोजर मौसम एण्ड हरिष निर्माण सेवाको नाममा रहेको प्रहरीले जनाएको छ । यता नगरप्रमुख शाहीले भने आफू काठमाडौं भएको र घटनाका विषयमा फोनबाट जानकारी पाएको बताउनु भएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij