
Jun 28 2025 | २०८२, असार १४ गते
ललितपुर । ललितपुर महानगरपालिका खुमलटार र बिशालचोकस्थित दुई वटा बैंकको एटिएम फुटाई नगद चोरी गर्न खोजेको अभियोगमा ललितपुर च्यासल बस्ने गोरखाका भेषबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ ।
ग्लोबल आईएमई बैंकको एटिएम गत फागुन २८ गते राती र सोही ठाउँ बिशालचोकस्थित सांग्रीला डेभलपमेन्ट बैंकको एटिएम चैत ९ गते फुटाई नगद चोरी गर्न खोज्ने कार्यमा संलग्न उनलाई बा.३५ प ६१५७ नम्बरको मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij