Logo

Jun 28 2025 | २०८२, असार १४ गते

Jun 28 2025 | २०८२, असार १४ गते

गोदावरी–पनौती क्षेत्रमा ‘चरा हब’, स्थानीय तहको योजनामा चरा संरक्षणकर्मीको चासो

गोदावरी–पनौती क्षेत्रमा ‘चरा हब’, स्थानीय तहको योजनामा चरा संरक्षणकर्मीको चासो

  • ललितपुरको गोदावरीदेखि काभ्रेको पनौतीसम्मको क्षेत्रलाई चरा हबका रूपमा विकास गरिनेभएको छ । उक्त क्षेत्रमा दुई दिन गरिएको अध्ययनमा २८० प्रजातिका चरा फेला परेपछि स्थानीय तहले चरा हबका रूपमा विकास गर्ने कार्ययोजना अघि सारेको हो ।

    images
    images
    images

    भक्तपुरको सूर्यविनायक नगरपालिका, काभ्रेको पनौती र ललितपुरको महालक्ष्मी तथा गोदावरी नगरपालिकाले सो क्षेत्रलाई चराको हबका रूपमा विकास गर्न साझा अवधारणा बनाएका छन् । स्थानीय तहले बनाएको यो योजनामा चरा संरक्षणकर्मीले समेत चासो दिएका छन् ।

    images

    केही वर्षअघिसम्म काठमाडौँं उपत्यकामा मात्रै पाँच सयभन्दा धेरै प्रजातिका चरा पाइन्थे । यतिबेला त्यो सङ्ख्या घटेर दुई सयको हाराहारीमा आइपुगे पनि उपत्यकासँग जोडिएको गोदावरी फुल्चोकी क्षेत्रमा अझै धेरै सङ्ख्यामा चरा पाइने भएकाले चरा हबका रूपमा विकास गर्न सकिने चराविज्ञ युविनराज श्रेष्ठ बताउनुहुन्छ ।

    काठमाडौँ उपत्यकाका नदी, पोखरी तथा दहमा आउने चराहरूको सङ्ख्यामा कमी आए पनि फुल्चोकी तथा रानीकोट क्षेत्र चराहरूका लागि अझै पनि उत्कृष्ट बासस्थान रहेको पछिल्लो अध्ययनहरूले देखाएका छन् ।

    यो क्षेत्रमा नेपालमा मात्रै पाइने काँडेभ्याकुरजस्ता विशेष महìव बोकेका चरा पाइने चराविज्ञको दाबी छ । दुई दिन चराको खोजीमा पनौतीमा कमै मात्र पाइने मुरारी पुतलीचरा, सुनौलो रबिनसमेत भेटिनु निकै खुसीको कुरा रहेको र चराको तस्बिर लिनसमेत निकै राम्रो भू–बनोट भएकाले चराको हबका रूपमा विकास गर्न सकिने श्रेष्ठको भनाइ छ ।

    images

    पनौती नगरका नगरप्रमुख भीम न्यौपानेले ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक रूपले धनी चारवटा स्थानीय तहले चरा हबका रूपमा विकास गर्न योजना बनाएको जानकारी दिनुभयो । सूर्यविनायक नगरका नगरप्रमुख वासुदेव थापाले रानीकोट क्षेत्रमा चराको हबको विकास गर्न साझा अवधारणा बनाउन आफूहरू सहमत भएको बताउनुभयो ।
    आजको गोरखापत्र दैनिकमा केशवराज पौडेलले लेखेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij