
Jun 28 2025 | २०८२, असार १४ गते
काठमाडौं । रौतहटमा आधा शरिर जलेको अवस्थामा महिलाको शव फेला परेको छ । रौतहटको यमुनामाई गाउँपालिका वडा नं.५ झुनखुनुवा स्थित सुन्दर साहको खेतमा नाम थर नखुलेको अन्दाजी २५ वर्षीया महिलाको शव फेला परेको हो । ती महिलाको भुसको आगोमा आधा जलेको अवस्थामा लास फेला परेको रौतहटका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) भरत श्रेष्ठले जानकारी दिए ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको तर, महिलाको पहिचान खुल्न नसकेका कारण जिल्ला प्रहरी कार्यालय रौतहटले पहिचानका लागि सर्वसाधारणसँग अपील समेत गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij