Logo

Jun 11 2025 | २०८२, जेठ २८ गते

Jun 11 2025 | २०८२, जेठ २८ गते

दस कक्षासम्मकाे पाठ्यक्रममा आधारित 'इ–क्लास नेपाल' एप सार्वजनिक

दस कक्षासम्मकाे पाठ्यक्रममा आधारित 'इ–क्लास नेपाल' एप सार्वजनिक

  • काठमाडौं  ।  शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा १ देखि १० को पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित ‘इ–क्लास नेपाल’ एप निर्माण गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मंगलबार उक्त एप भर्चुअल माध्यमबाट सार्वजनिक गरेका हुन् ।

    images
    images
    images

    ‘कोभिडको महाविपत्तिलाई सम्बोधन गर्न वैकल्पिक सिकाइका विभिन्न मोडेलहरू अपनाउँदै आइएका छन्,’ महामारीको बेला विद्यार्थीको न्युनतम सिकाइलाई निरन्तर राखिएको उल्लेख गर्दै मन्त्री पोखरेलले भने, ‘यसैबीचमा हालैमात्र सीयुजी अवधारणालाई मन्त्री परिषद्को निर्णयले कार्ययोजना अघि बढाएको छ । प्रविधिमा समान पहुँच बढाउनुका साथै विद्यार्थी, शिक्षक र अभिभावकलाई यी माध्यमबाट लाभान्वित तुल्याउने प्रयास भएको छ ।’

    images

    एपमा विद्यार्थीको सिकाइ सहज बनाउने उद्देश्यसहित स्वीकृत पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिका र यसअघि निर्मित सिकाइ सामग्रीहरू समेटिएका छन् । भौतिक कक्षा सञ्चालन नहुँदाको अवस्थामा यी सामग्रीको उपयोग गरी विद्यार्थीको सिकाइ प्रक्रिया निरन्तर राख्न मद्दत पुग्ने ठानिएको छ । परिमार्जित निर्देशिकाको आधारमा स्थानीय तहले अनुकुल परिस्थिति रहेका विद्यालय सञ्चालन गर्न अनुमति दिएका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij