
Jul 17 2025 | २०८२, साउन १ गते
काठमाडौं । चिकित्सा शिक्षा आयोगको आजको २० औँ बैठकले प्राविधिक तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत चिकित्सा शिक्षा तर्फ प्रमाण पत्र तहका कार्यक्रमको सिट निर्धारण गरेको छ ।
प्रधानमन्त्री एवं आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकमा प्रस्तुत अनुगमन र मूूल्याङ्कन सहितको प्रतिवेदनका आधारमा सिट निर्धारण भएको हो । हाल उक्त आङ्गिक, गैह्र नाफ मूलक (प्रतिष्ठान-साझेदारी) र निजी गरी दुुई सय ८५ शिक्षण संस्था लाई सिट निर्धारण गरिएको छ । बैठकमा मेडिकल कलेजहरु लाई पनि पिसिएल नर्सिङ कार्यक्रम सञ्चालनको अनुुमति दिन काुुननी सहजी करणका विषयमा पनि छलफल भएको थियो ।
चिकित्सा शिक्षाको स्नातक तथा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमको शुल्क निर्धारण सम्बन्धी मापदण्डको मस्यौदा तयार गर्न तथा आगामी शैक्षिकसत्रका लागि शिक्षण शुुल्क निर्धारण सिफारिस गर्न गठित कार्यदलको प्रतिवेदन टेबल भएको छ । कार्यदलले अध्यक्षएवं प्रधानमन्त्री ओली लाई बुुझाएको सो प्रतिवेदन अध्ययन गरी कार्यान्वयनको प्रस्ताव ल्याउन प्रधानमन्त्री ओलीले आयोगका उपाध्यक्ष प्रा.डा.अञ्जनीकुुमार झालाई हस्तान्तरण गर्नुभयो । बैठकले आयोगको आगामी आर्थिक वर्षको आन्तरिक स्रोततर्फको कार्यक्रम र बजेट स्वीकृत गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा ऐन, २०५७ लाई सामयिक संशोधनको गृहकार्य गर्न र आयोग लाई वास्तविक कार्यक्षेत्रमा सीमित गरी प्रभावकारी बनाउन निर्देशन दिनुुभयो । उहाँले शिक्षा क्षेत्रको नियोजन नभई गुणस्तरीयता कायम गर्दै विस्तार र सहजी करणमा जानुुपर्ने बताउनुुभयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij