Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काठमाडौं अदालतमा कानुनी सहायता केन्द्र

काठमाडौं अदालतमा कानुनी सहायता केन्द्र

  • काठमाडौं । जिल्ला अदालत काठमाडौँमा वैतनिक वकिल तथा कानुन सहायता तथा परामर्श केन्द्र स्थापना गरिएको छ । अदालत परिसरमा आज केन्द्रको औपचारिक उद्घाटन गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    केन्द्रको उद्घाटनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै काठमाडौँ जिल्ला अदालतका प्रमुख न्यायाधीश कमलप्रसाद पोखरेलले न्यायमा पहुँचका लागि वैतनिक वकिल तथा कानुनी सहायता तथा परामर्श केन्द्रको स्थापना गरिएको बताए ।

    AGNI GROUP

    ‘अशक्तहरूका लागि निःशुल्क रूपमा कानुनी सहायता गर्ने हेतुले अदालतमै कार्यकक्ष उपलब्ध गराएर सेवा सुरू गरिएको हो, अब वैतनिक वकिल नभेटिने अवस्था रहदैन’, उनले भने, ‘न्यायमा पहुँच नपुग्नेका लागि यो निःशुल्क सेवाले पैसा खर्च गर्न र नसक्नेहरूले कानुनी उपचारमा सहभागी हुन पाउने अवस्था आएको छ, यो राम्रो कुरा हो ।’

    अदालतमा सुरूदेखि नै एक जना वैतनिक वकिल र एक कानुनी सहायता अधिकृतको व्यवस्था भए पनि आफ्नै कार्यकक्ष गरिएको थिएन । वैतनिक वकिल र कानुनी सहायता अधिकृतलाई भेट्नै मुस्किल परेको भन्ने गुनासो आएपछि अदालतले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कम्तीमा एक अधिकृत कार्यकक्षमै रहने गरी कानुनी सहायता केन्द्रको स्थापना गरेको हो ।

    आर्थिक विपन्नता, अपाङ्गता, अशक्तता र कानुनी सहायता आवश्यक भएका सेवाग्राहीका लागि प्रत्येक अदालतमा निःशुल्क बहस पैरवीलगायत कानुनी सेवा गर्न वैतनिक वकिलको व्यवस्था हुने गरेको छ । सो अदालतमा दैनिक आठ हजार सेवाग्राहीको भीड रहने गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट