Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

नक्कली सर्टिफिकेटको मुद्दामा प्रअ शर्माले पाए सफाइ

नक्कली सर्टिफिकेटको मुद्दामा प्रअ शर्माले पाए सफाइ

  • काठमाडौं । खैरहनी माध्यमिक बिद्यालयका प्रधानाध्यापक गोपालप्रसाद शर्माले विशेष अदालतले नक्कली प्रमाणपत्रको मुद्दामा सफाइ पाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    गत आइतबार विशेषले प्रधानाध्यापक विरुद्ध दायर मुद्दामा सफाइको फैसला गरेको हो । विशेषका सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो । गत बैशाख ३१ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक शर्माउपर मुद्दा दायर गरेको थियो ।

    AGNI GROUP

    शर्माले भारतको उत्तर प्रदेशबाट प्रवीणता प्रमाणपत्र तह (आइएस्सी)को शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र ल्याएको अख्तियारको दावि थियो तर बिशेष अदालतमा भने नक्कली प्रमाणपत्र पेश गर्न नसकेपछि शर्माले सफाई पाएका हुन् ।

    उजुरी पछि अख्तियार शर्माको शैक्षिक प्रमाण–पत्रको सत्यापनको लागि भारत स्थित युपिबोर्डको क्षेत्रीय कार्यलय मेरठ जानु पर्नेमा क्षेत्रीय कार्यलय बरेली गएरको त्यहाँको कार्यलयबाट कुनै अभिलेख नभेटिएको आधारमा मुद्दा दायर गरेको थियो ।

    शर्मा चितवनको खैरहनी नगरपालिका–६ स्थित खैरहनी मावि द्वितीय तहको शिक्षकका रुपमा २०८० बैशाख देखि प्रधानाध्यापक भएर कार्यरत छन् । बिशेष अदालतको गत असार २९ गते पछिको फैसलासँगै शर्मा पुनः खैरहनी माविको प्रधानाध्यापक पदमा पुर्नबाहली भएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij