Logo

May 08 2025 | २०८२, वैशाख २५ गते

May 08 2025 | २०८२, वैशाख २५ गते

प्रतिनिधिसभा विघटनको बारेमा ‘एमिकस क्यूरी’ बहश शुरु

प्रतिनिधिसभा विघटनको बारेमा ‘एमिकस क्यूरी’ बहश शुरु

  • काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज अदालतको सहयोगी एमिकस क्यूरीले आफ्नो बहश शुरु गरेको छ । प्रतिनिधिसभा विघटनविरूद्ध दायर रिटमा हिजो (सोमवार) रिट निवेदकको जवाफी बहस सकिएपछि एमिकस क्यूरीले आज (मंगलवार) बाट आफ्नो राय राख्न शुरु गरेको हो । संवैधानिक इजलासमा क्यूरी सदस्य बद्री बहादुर कार्कीले बहस शुरु गरेका छन् ।

    images
    images
    images

    एमिकस क्यूरी बहसका लागि समय तोकिएको छैन । तर प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले समयको ख्याल गर्न आग्रह गरेका छन् ।नेपाल बार एशोसिएसनबाट तीन र सर्वोच्च अदालत बार एशोसिएसनबाट दुई गरी पाँचजना वरिष्ठ अधिवक्ताको एमिकस क्यूरी छ ।

    पूर्णमान शाक्य, विजयकान्त मैनाली, बद्रीबहादुर कार्की, गीता संग्रौला र सतिशकृष्ण खरेलको एमिकस क्यूरीले प्रतिनिधिसभा विघटनको विषयमा आफ्नो राय राख्नेछन् । एमिकस क्यूरीको राय सुनेपछि केहि दिनमै इजलासले फैसला सुनाउने बताइएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij